आज फेरी म...

आज फेरी म...
मात्र म,
केवल म,
अनि कोठाको भित्तामा
झुन्डिएको,
केही तस्वीर...
यो कालो रात्,
बिताइरहे छौ,
घडीको,
छुक्-छुक्.........

पर.......
सडकका
भुस्याहा कुकुरका
आवाज्!!!
यो शुन्य रातलाइ
चिर्दै
मेरो कानमा आई,
गुन्जिरहेछन्
म निष्पट्ट अन्धकारलाई
पर्दा उगारी
चिहाँउछु,
कतै मेरा हराएका साथ छन् कि भनेर
म लतमन्न,
लमतन्न
नितान्त एक्लै
अतित र भविष्यको
एकै साथ्,
एक पछी अर्को पाना
पल्टाँउदै
विछ्यउनामा पल्टिरहेछु
अनेकन स्रब्य दृश्यबाट
थकित भैसकेको
यो
मेरो मन्,
त्यसै टोलाँउछ,
दिनको चहलपहल,
साथी सङ्गिनी,
रमझमले मन बहलाए पनि
यो कालो रातमा,
मन
भिरै भिर दौडिन्छ,
कहिले,
निथ्रुक्क भिजेर
ओभानो खोज्दै ,
ओत लाग्छ,
त कहिले
नयाँ आयाम्को खोजिमा
त्यसै त्यसै
गल्ली गल्लिमा
भौतारिरहन्छ
यस्तै, यस्तैमा
आधा रात पनि ढल्किन्छ

निदरिले पनि कोठाको ढोका ढक्ढकाँउछिन्

सुटुक्क परेलिमा आई
मलाई फेरी
अर्को, परिवेश्, कल्पना र यथार्थमा लैजान्छिन ।

म कालो रातलाई चटक्कै छाडि,
अर्कै मोड तिर लम्कन्छु
अर्कै मोड तिर लम्कन्छु


from what amit (sapkota) explained to me, this is dalle's (amit shrestha) favourite thing he read... this one's for you dalle. December ma aucha re Nepal, sab keta haru lai feri raksi khane bani basaune bhayo. 1 month mai bigarera jancha sabai lai aba... hehehe kidding bro... i hope you're fine out there.. keep writing.
peace,
suraj

1 comment:

weedoholic guy said...

yeah dude i still remember this poem ...saala sapkota tetikhera jhyaap ma sunera daami laageko thyo aile fresh ma padeko thik thikai rahechha..parkhi feri jhyaap bhaera ekdin padchhu ani talai bhannchuu kasto laagchha bhanera...anyways goood work on the poetry keep it up saaape

orlando weedoholic guy