धुवाँ

घुमायो है फन-फनि
यो धुवाँले,
लौ न नि, चिसो हावामा,
रन्कायो, यो धुवाँले
घुमीफेरि पुर्‍यायो त्यहिँ,
यो धुवाँले,
कस्तो यो धुवाँको प्रभाव,
बिर्सायो सबै फेरि,
न मैले आफैँलाई चिन्न सकेँ
न यो संसारलाई,
बनायो यो धुवाँले एक्लो मलाई,
तिमि सँग को बिछोड, बिर्सन्छु कि भनेर
पिएको यो धुवाँ,
ऊ सँगै पो उडायो मलाई,
ऊ सँगै पो उडायो मलाई....

courtesy स्वप्निल संसार (spectrum)

No comments: