आँखाहरु...
अवरुद्द,
संसारिक
ऐनाका धुलोहरुमा,
चस्मा लगाउने सुन्दरताका
संसारहरु,
घोलनशिल
प्रकाश्का अफवाहहरु
मा
परिवर्तित
दृश्यको
सत्य
अनुभव,
आँखाहरु............
........
प्रवाहका परिसूचकहरु
गहिराइको
नमुनामा अविञ्छिन
आशाहरु अनुगमन गर्दै
स्वेत सपनाका आधारहरु
गुञ्जयमा, हिमालका
अटलताहरुमा
रातको गहिराई
गाभेर,
समुन्द्रको शितलता
बाँधेर,
आँशुका
अनगिन्ती अनुहारौमा
निर्मित्,
शितलताका
अनुपम वहारहरु
.......आँखाहरु